५ असार, काठमाडौं । पूर्वको मेची नाका भएर निर्यात हुन लागेको चिया, अलैँची र अम्रिसोलाई भारतीय प्रहरीले रोकेका छन् । भारत र बंगलादेश निकासी हुन लागेको ३५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ ।
विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिया, अलैँची र अम्रिसो बोकेको ३५ वटा ट्रक बिहीबार पठाएका थियौं, तर भारतीय प्रहरीले पुलमै रोकेका छन् ।’ नेपाली वस्तुहरू बोकेको मालवाहक गाडीलाई प्रवेश नदिन माथिको आदेश भएको जानकारी बंगाल प्रहरीले दिएको पनि उनले बताए ।
भारततर्फको भन्सार कार्यालयसँग समझदरी गरेरै सामान पठाइए पनि प्रहरीबाट अवरोध भएको विभागको भनाइ छ । लकडाउन अवधिमा पनि भारतको पश्चिम बंगाल सरकारले कोरोना फैलिनसक्ने भन्दै नेपालतर्फको आयात खुलाएर निकासीमा प्रतिबन्ध लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4