+
+
Shares

सुरुङ मार्गमा पर्ने गुठी जग्गाका मोहीले मुआब्जाको आधा रकम क्षतिपूर्ति पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १५:१८

५ असार, काठमाडौं । सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङ मार्ग आयोजनाको क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहण गर्दा सरकारी गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति रकम दिने भएको छ ।

आयोजना क्षेत्रमा रहेको श्री ५ को वायु गुठीको जग्गा भोगचलन गरिरहेका मोहीहरूलाई तोकिएको मुआब्जाको आधा रकम मात्र क्षतिपूर्ति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

जग्गाधनीहरूले मुआब्जा पाउने तर गुठीको जग्गा भोगचलन मात्र गरेकाले क्षतिपूर्तिस्वरुप मुआब्जाको ५० प्रतिशत रकम दिने निर्णय भएको उनले बताए ।

जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत/नापी कार्यालयमा रहेको श्रेस्ता फिल्डबुकमा जनाउ रहेको आधारमा मोहीलाई क्षतिपूर्ति रकम दिने निर्णय सरकारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?