+
+
Shares

विन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार विमला गुप्तालाई

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १९:१३

५ असार, वीरगञ्ज । यस वर्षको स्वर्गीय विन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार वीरगञ्जकी पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ ।

स्व. पाण्डेको चौथो बार्षिक पूण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा उनलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशी नगद १२ हजार रुपैयाँ छ ।

१२ हजारको चेक, कदरपत्र सहित उनलाई दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

पत्रकार सुदर्शनराज पाण्डेकी पत्नी स्वर्गीय विन्दुदेवी पाण्डेको स्मृतिमा स्वर्गीय इन्दु देवी पाण्डे प्रतिष्ठान स्मृति महिला पत्रकारिता पुरस्कार प्रतिष्ठानले चार वर्ष अघि पुरस्कार स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?