Comments Add Comment

सेभियासँग बराबरीपछि पिकेले भने- यसरी लिग जितिँदैन

६ असार, काठमाडौं । स्पानिस ला लिगामा पछिल्लो लेमा लिग लिडर बार्सिलोना सेभियासंग गवलरहित बराबरीमा रोकिएपछि उपाधि होड खुल्ला भएको छ । दोस्रो स्थानको रियल मड्रिडले सोसिडाडलाई पराजित गरेमा बार्सिलोना र रियल मड्रिडको अंक बराबर हुनेछ ।

कोरोना महामारीपछि फेरी सुरु भएको ला लिगामा दुवै क्लबले सुरुवाती दुई खेलमा लगातार जित हात पारेका थिए । तर पछिल्लो खेलमा बार्सिलोना बराबरीमा रोकिएपछि क्लबै खेलाडीहरुले अब उपाधिका लागि कठिन हुने बताउन थालेका छन् ।

बार्सिलोनाका भेट्रान डिफेण्डर जेरार्ड पिकेले सेभियासँग बराबरीपछि बार्सिलोनालाई उपाधि जित्न कठिन हुने बताएका छन् । ‘मेरो विचारमा अब लिग जित्नलाई धेरै गाह्रो हुनेछ,’ इस्टाडियो रामो सान्चेज पिजोनमा खेलपछि पिकेले भने, ‘हामी सम्भव भएसम्म सबै प्रयास गर्नेछौँ तर मलाई लाग्दा रियलले अब अंक गुमाउने सम्भवना कम छ ।’

पिकेले उपाधि जित्ने सम्भावना अब आफ्नो हातमा नरहेको समेत बताए । ‘अब यो हाम्रो हातमा छैन र रियलकोलागि अंक गुमाउन पनि गाह्रो छ,’ उनले भने ।

पिकेले पछिल्लो दुई खेल हेर्दा अबको अवस्था कठिन हुने बताएका छन् । उनले भने, ‘हामीले पछिल्लो दुई खेलमा जे देख्यौँ यसले गाह्रो बनाएको छ ।’

उनले सेभिया विरुद्धको खेलमा अवसर पाएपनि सदुपयोग गर्न नसकेको बताए । ‘हामीले उनीहरुभन्दा धेरै अवसर पाएका थियौँ र कन्ट्रोल गरेका थियौँ तर हामीले स्कोर गर्न सकेनौँ ,’ पिकेले भने, ‘उनीहरु अंकतालिकामा तेस्रो स्थानमा छन् र राम्रो टिम हुन् । यो बराबरीले हामीलाई त्यहाँ राखेको छ जहाँ उपाधि हामीमा निर्भर हुँदैन ।’

ला लिगामा ३० खेलबाट लिडर बार्सिलोनको ६५ अंक छ । एक खेल कम खेलेको रियलको ६२ अंक छ । रियलले अब रियल सवसिडाडलाई पराजित गरेका हेड टु हेडमा बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment