+
+

पहिरोले जिप पुर्दा दुई जनाको मृत्य, ४ जना घाइते

अनिल खत्री अनिल खत्री
२०७७ असार ६ गते १८:१७

६ असार, गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन  र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

घाइते रमेश रानालाई र्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए ।

अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

जिप मदाने गाउँपालिका पुर्कोट दहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?