Comments Add Comment

दोहाबाट १४९ नेपाली काठमाडौं प्रस्थान

७ असार, दोहा । कतारको दोहाबाट आइतबार १४९ जना नेपाली काठमाडौं प्रस्थान गरेका छन् । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिका कारण समस्यामा परेकाहरूलाई उद्धार गर्ने क्रममा आइतबार पहिलो चरणमा १४९ जना नेपालीहरू काठमाडौं प्रस्थान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सको २३९२ को उडानबाट उनीहरू काठमाडौं प्रस्थान गरेका हुन् । सो उडानमा २९ जना सुत्केरी/गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ ।

उनीहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज र दूतावासका अन्य कर्मचारीले बिदाइ गरेका थिए ।

कतारबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्दैछन् । हिमालय एयरलाइन्सको उडान २२ र २४ जुनको लागि निर्धारण गरिएको छ । उडानमा हवाई भाडा ३९२ अमेरिकी डलर तोकिएको छ ।

विदेशबाट उद्धार गरिएकाहरूलाई क्वारेन्टिनमा राखेर सम्बन्धित पालिकामा पठाउने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment