+

फ्रान्समा ११ जुलाईदेखि स्टेडियममा खुला गरिने, ५ हजार दर्शक जान पाउने

२०७७ असार  ७ गते ११:५३ २०७७ असार ७ गते ११:५३
फ्रान्समा ११ जुलाईदेखि स्टेडियममा खुला गरिने, ५ हजार दर्शक जान पाउने

७ असार, काठमाडौं । कोरोना भाइरस जोखिम कम हुँदै गएपछि फ्रान्समा ११ जुलाईदेखि स्टेडियमहरु खुल्ला गरिने भएको छ । फेरि स्टेडियम खुलेपछि ५ हजार दर्शकलाई प्रत्यक्ष खेल हेर्नका लागि अनुमति दिइने छ । यो संख्या विस्तारै बढ्नै जाने फ्रेन्च सरकारले जनाएको छ ।

यस निर्णयपछि अब फ्रेन्च कप र लिग कप फाइनलमा दर्शकको उपस्थिति हुने सम्भावना बढेको छ । दुवै प्रतियोगिताको फाइनल महामारीका कारण स्थगित भएको थियो । फाइनल खेलको मिति भने तय हुन बाँकी छ ।

महामारीकै कारण फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वान र लिग टुको सिजन भने अन्त्य गरिएको थियो ।

फ्रान्स सरकारले महामारीको अवस्था हेरेर मध्य जुलाईमा थप खुला गर्ने वा नगर्नेबारे थप निर्णय गरिने जनाएको छ । प्रधानमन्त्री इडुएर्ड फिलिप्पेले गत अप्रिलमा सबै खाले खेललाई सेप्टेम्बरसम्म स्थगित गर्ने निर्णय गरेका थिए । तर अब सोमवारदेखि सामूहिक खेल फेरि सुरू हुने भएको छ ।

फुटबल फ्रान्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय