Comments Add Comment

यी हुन् विश्वमा सबैभन्दा धेरै कमाउने टपटेन भिडियो गेम

सन् १९५८ मा विश्वकै पहिलो भिडियो गेम ‘टेनिस फर टू’ सार्वजनिक हुँदा त्यसले धेरैको ध्यान आकर्षित गर्‍यो । नगरोस् पनि किन ? पहिलो भिडियो गेम निकै विशेष थियो र मानिसहरुका लागि नौलो प्रयोग थियो ।

यसबीचमा भिडियो गेमको इतिहासले ६२ वर्ष पार गरिरहँदा प्रविधिको हिसाबले ठूलो फड्को मारिसकेको मात्र छैन एक विशाल अर्थतन्त्रको रुपमा स्थापित भैसकेको छ । भिडियो गेमले पहिलोपटक सन् १९८० को दशकमा ठूलो परिमाणको व्यापारिक सफलता हासिल गरेको थियो । उक्त समयलाई भिडियो गेमको लागि सुनौलो समय पनि भनिन्छ । अहिले भिडियो गेम उद्योगले वार्षिक  एक खर्ब डलरको कारोबार गर्दछ ।

अहिले दुनियाँमा असंख्य भिडियोगेमहरु उपलब्ध छन् । ती मध्ये सबैभन्दा धेरै आम्दानी गर्न सफल भिडियो गेमहरुको सूचीचाहिँ यस्तो छः

१. पोकेमोन : निन्टेन्डोलगायतका कम्पनीको स्वामित्वमा रहेको लोकप्रिय भिडियो गेम पोकेमोन सन् १९९६ मा सार्वजनिक भएको थियो । पोकेमोन अहिलेसम्मकै सबैभन्दा धेरै आम्दानी गर्न सफल भएको भिडियो गेम हो । यसको हालसम्मको कूल आम्दानी ९० अर्ब डलर रहेको छ ।

२. मारियो : निन्टेन्डो कम्पनीकै भिडियो गेम मारियो सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनीको सूचीमा दोश्रो स्थानमा रहेको छ । यो भिडियो गेम सन् १९८१ मा सार्वजनिक भएको हो । यसको कूल आम्दानी ३० अर्ब २५ करोड डलर रहेको छ ।

३. कल अफ ड्यूटी : एक्टिभिजन कम्पनीले सन् २००३ मा ल्याएको कल अफ ड्युटी नामक भिडियो गेमले हालसम्म १७ अर्ब डलर कमाएको छ ।

४. वी : जापानी कम्पनी निन्टेन्डोले सन् २००६ मा ल्याएको अर्को लोकप्रिय भिडियो गेम हो wii । यो भिडियो गेमले हालसम्म १४ अर्ब ८० करोड डलर आम्दानी गरिसकेको छ ।

५.प्याकम्यान : बान्दाई नाम्को एन्टरटेइनमेन्टले सन् १९८० मा ल्याएको प्याक म्यान भिडियो गेमले १४ अर्ब १० करोड डलर भन्दा धेरै कमाएको छ ।

६. स्पेस इन्भेडर्स : टाइटो स्क्वाएयर एनिक्स कम्पनीले सन् १९७८ मा यो भिडियो गेम ल्याएको हो । स्पेस इन्भेडर्सले १३ अर्ब ९३ करोड डलर कमाउन सफल भयो ।

७. डुंगिओन फाइटर अनलाइन : निओपल निक्सनले सन् २००५ मा सार्वजनिक गरेको यो भिडियो गेमले हालसम्म ११ अर्ब ८० करोड डलर आम्दानी गरेको छ ।

८. स्ट्रिट फाइटर : सबैभन्दा धेरै कमाउने भिडियो गेमको आठौँ नम्बरमा पर्न सफल स्ट्रिट फाइटरलाई क्यामकोप कम्पनीले सन् १९८७ मा ल्याएको थियो । त्यसले ११ अर्ब २७ करोड डलर भन्दा धेरै कमाएको छ ।

९. फाइनल फन्टासी : स्क्वाएर एनिक्सले सन् १९८७ मा जारी ग्रेको उक्त भिडियो गेमले १० अर्ब ६५ करोड डलर भन्दा धेरै आम्दानी गरेको छ ।

१०. वार क्राप्ट : ब्लिजार्ड एन्टरटेनमेन्टले सन् १९९४ मा ल्याएको वारक्राफ्ट नाम लोकप्रिय भिडियो गेम सबैभन्दा धेरै कमाउने भिडियो गेमको टपटेन सूचीमा अटाउन सफल भएको छ । यसले १० अर्ब ६२ करोड डलर कमाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment