+
+
Shares

संखुवासभामा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनियो

एक घर विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १३:३०
फाइल तस्वीर

७ असार, काठमाडौं । संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ ।
आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर-२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

मल्लले भने, ‘माटोको ढिस्को खसेर आंशिक रुपमा अरुण नदी थुनिएको छ । नदी थुनिन पुग्दा जोखिममा पर्न गएको प्रकाश राईको परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकेका छौं । हिरालाल राई र तिर्थ राईको गोठ पनि जोखिममा पर्न सक्ने देखिएकाले स्थानन्तरणको तयारी भइरहेको छ ।’

‘जोखिममा रहेका घरमा क्षति पुगेको छैन । तैपनि राईको परिवारलाई सुरक्षित स्थानमा लगिसकेका छौं,’ उनले भने, ‘पहिरोका कारण नदीमा पानीको सहत बढेमा च्याक्से डाँडामा रहेका ५/७ घर जोखिम पर्न सक्ने अवस्था छ । त्यसैले त्यहाँ पनि सुरक्षा सतर्कता बढाएका छौं ।’

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?