Comments Add Comment

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नजिक, आज थपिए ४३ जना

फाइल तस्वीर

७ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको हो ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कैलालीको धनगढीमा १८ ,गोदावरीमा ८, टीकापुरका १ र मोहल्यालमा ३ जनामा संक्रमण भेटिएको छ । कञ्चनपुरको शुक्लाफाटा, पुर्नवास र बेलौरीमा १÷१ जनामा संक्रमण फेला परेको छ । डोटीको शिखरमा ४ र पूर्वि चौकिमा १ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बाजुरा, बैतडी र डडेल्धुरामा पनि २/२ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

आइतबार फेला परेका ४३ नयाँ संक्रमित मध्ये ३४ जना पुरुष र ९ जना महिला रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment