
७ असार, काठमाडौं । नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय, प्रतिनिधिसभा र राष्ट्रियसभा, कानून मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद लगायतलाई विपक्षी बनाइएको रिटमा सीमाना संरक्षणसम्बन्धी विहंगम कानुन बनाएर मात्र नेपालको सीमाको रक्षा, राष्ट्रिय हितको संरक्षण हुन सक्ने जिकिर गरिएको छ ।
रिटमा सीमा संरक्षण र सुरक्षा सम्बन्धी कानुन, सीमानामा अध्यागमन सम्बन्धी कानून, विशेष सशस्त्र प्रहरी बल सम्बन्धी कानून बनाउन र सीमाना रक्षा गर्न पनि माग गरिएको छ ।
प्रतिक्रिया 4