+
+
Shares

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १७:४०

७ असार, काठमाडौं । दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–१४ घर भएका २७ वर्षीय जितेन्द्र चौधरी रहेका छन् ।

तुलसीपुर उपमहानगरपलिका–२ स्थित कुमलगढीमा रा १ त ७५७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?