Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुरु

८ असार, घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सोमबारबाट उपचार सेवा सुरु भएको छ । ५ असारमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि ६ असारदेखि दुई दिनका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको थियो ।

अस्पताल क्षेत्रलाई स्यानिटाइज गरेर सोमबारदेखि उपचार सेवा सुरु गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानको आकश्मिक सेवा, मेडिसिन ओपीडी, ईएनटी ओपीडी, छाला तथा यौनरोग, रेडियोलोजी, डेन्टल, फिजियोथेरापी, बालरोग र माइनर ओटी सेवा सुरु भएको छ ।

मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका डाक्टर, नर्ससहित सुरुमा २१ जना होम क्वारेन्टिनमा बसेका थिए । उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा सुरुमा चार जनामा कोरोना पुष्टि भएको थियो । आइतबार गरिएको परीक्षणमा थप एक जनामा पनि कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
हाल प्रतिष्ठानका ६३ जना होम क्वारेन्टिनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment