Comments Add Comment

टेनिस खेलाडी दिमित्रोभलाई कोरोना संक्रमण

८ असार, काठमाडौं । विश्व टेनिस वरीयतामा १९औं स्थानमा रहेका खेलाडी ग्रिगोर दिमित्रोभलाई कोरोना संक्रमण भएको छ ।

विश्व नम्बर वान सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले आयोजना गरेको ‘एड्रिया टुर’को दुई इभेन्ट खेलेका दिभित्रोभलाई कोरोना पोजेटिभ देखिएको हो ।

२९ वर्षीय बुल्गेरियन खेलाडी दिमित्रोभले इन्स्टाग्राममार्फत आफूलाई कोरोना पोजिटिभ भएको पुष्टि गरेका हुन् ।

क्रोसियाको जाडरमा भएको दोस्रो प्रतियोगितामा शनिवार बोर्ना कोरिसँग पहिलो खेलमा पराजित भएपछि बिरामी भएका दिमित्रोभले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । आइतवार हुने भनिएको फाइनल भने रद्द भएको छ । फाइनलमा नोभाक जोकोभिच खेल्ने तय थियो ।

‘मेरो कोभिड१९ परिक्षणको नतिजा पोजिटिभ आएको छ । यसबीचमा मेरो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न र सावधानी अपनाउन अनुरोध गर्छु,’ दिमित्रोभले इन्स्टाग्राममा लेखेका छन्, ‘मैले गरेको कुनै पनि क्षतिका लागि म दु:खी छु । म घर फर्किएर आराम गरिरहेको छु । समर्थनको लागि धन्यवाद । सबैजना सुरक्षित भएर बस्नुहोस् ।’

जोकोभिचले कोरोना भाइरस महामारीका कारण खेल नभएकोले खेलाडीको म्याच फिटनेसका लागि टुर आयोजना गरेका हुन् । जसमा शीर्ष वरीयतामा जोकोभिचसहित एलेक्जेन्डर जेभरेभ र डोमिनिक थिएमस खेलाडीहरु सहभागी थिए।

सर्वियामा भएको पहिलो इभेन्टमा ४ हजार दर्शक उपस्थित थिए । यस्तै क्रोसियाको जादारमा पनि हजारौँ दर्शक सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment