+
+

ट्विटरले सुरु गर्‍यो ‘भ्वाइस ट्विट’ फिचर, अब बोलेरै ट्विट गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १३:२३

माइक्रो ब्लगिङ साइट ट्विटरसँग प्रायः प्रयोगकर्ताहरुको गुनासो नै यो हुन्छ कि उक्त प्लाटर्फममा आफ्ना विचार तथा भावनाहरु व्यक्त गर्नका लागि केही सीमाहरु छन् ।

त्यसमध्ये सबैभन्दा ठूलो अड्नच अक्षरहरुको सीमा हो । कहिलेकाहीँ २८० अक्षरको सीमाले निकै समस्या पार्दछन् र आफ्ना कुराहरु टुक्राटुक्रामा ट्विट गर्नुपर्ने बाध्यता हुन्छ । अक्षरको सीमाकै कारण आफूले व्यक्त गर्न चाहेको कुरा सही शब्दमा बयान गर्न नपाएको गुनासो पनि प्रयोगकर्ताको रहने गर्दछ ।

तर ट्विटर प्रयोगकर्ताहरुले यस्तो खालको गुनासो गर्नु नपर्ने अवस्थाको सिर्जना हुँदैछ । किनकि प्रयोगकर्ताका यी सबै गुनासोहरुलाई मध्यनजर गर्दै ट्विटरले एक नयाँ फिचर लञ्च गरेको छ ।

हाल परीक्षणको रुपमा जारी गरिएको यस नयाँ फिचरको प्रयोग गरी प्रयोगकर्ताले कुनै अक्षर टाइप नगरी आफ्नो सन्देश ट्विट गर्न सक्नेछन् । अर्थात् ट्विटरले जारी गरेको भ्वाइस फिचरसँगै अब ट्विटर प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेर ट्विट गर्न सक्नेछन् ।

यो सँगै ट्विटर प्रयोगकर्ताहरुलाई अक्षरहरु टाइप गर्ने तथा अक्षरको सीमाभित्र बाँधिने झण्झट हट्नेछ र प्रयोगकर्ताहरुले आफ्ना मनका विचार तथा भावनाहरुलाई आवाजमै ट्विट गर्न पाउनेछन् ।

के छ विशेषता ?

भ्वाइस ट्विटका लागि प्रयोगकर्ताले अधिकतम १४० सेकेण्डसम्मको अडियो रेकर्ड गरेर ट्विट गर्न सक्नेछन् ।

यदि १४० सेकेण्डमा पनि मनको कुरा सकिएन भने थ्रेडका रुपमा अर्को नयाँ भ्वाइस ट्विट आफैं बन्नेछ ।

आफ्नो ट्विट गर्नुपर्ने आवाजको रेकर्डिङ सकिएसँगै रेकर्ड अन्त्य गर्ने बटन ट्याप गर्नुपर्दछ र त्यसपछि कम्पोजर स्कृनमा गई त्यसलाई ट्विट गर्न सकिन्छ । उक्त भ्वाइस ट्विट पनि अन्य शाब्दिकट्विट जस्तै प्रयोगकर्ताको टाइमलाइन देखिनेछ ।

ट्विटरका अनुसार अहिले यो फिचर परीक्षणका रुपमा लञ्च गरिएको हो र केवल केही एप्पल प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध छ । तथापि आगामी केही हप्तामै ट्विटरको यो फिचर सबै आइओएस प्रयोगकर्ताले प्रयोग गर्न पाउने ट्विटरले जनाएको छ ।

एन्ड्रोइड फोनमा भ्वाइस ट्विट सुविधा कहिलेदेखि सुरु हुन्छ भन्ने बारेमा चाहिँ ट्विटरले कुनै जानकारी दिएको छैन ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?