+
+

गुल्मीमा १४ जना कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १४:५४

८ असार, गुल्मी । गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरुक्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा रुरुक्षेत्र गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

यससँगै गुल्मीमा कुल संक्रमितको संख्या १९३ पुगेको छ । संक्रमित २० जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?