
८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–१ मा विवादित बनेको स्वास्थ्य चौकी भवन निर्माण स्थल छनोट गर्न समिति गठन गरिएको छ ।
वडा समितिको बैठकले स्वास्थ्यचौकी बनाउने स्थान छनोट गर्न गणेशबहादुर बोहरा संयोजक रहने गरी १५ सदस्यीय समिति गठन वडाध्यक्ष रामप्रकाश कुँवरले जानकारी दिए ।
समिति गठन गर्ने सहमति भएपछि स्थानीयले वडा कार्यालयमा आइतबार लगाएको ताल्चा पनि खोलिदिएका थिए । सोमबारको बैठकमा जनप्रतिनिधिहरुले माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाएपछि वडा कार्यालयमा लगाइएको ताल्चा खोलिदिएको स्थानीय सुशील अधिकारीले बताए ।
यसअघि सरस्वती खोलाको किनारमा स्वास्थ्य चौकी भवन बनाउन लागेकोमा विरोध जनाउँदै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेपछि शिलान्यास रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4