+
+

घटनाप्रति क्षमाप्रार्थी छौं, छानबिन हुन्छ : पर्यटन बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १७:४१

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल मिटिङका दौरान भएको घटनाबारे क्षमा मागेको छ ।

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका दौरान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो ।

मिटिङका क्रममा ह्याक भएर असामान्य परिस्थिति सिर्जना भएको बोर्डले उल्लेख गरेको छ । घटना कसरी भयो भन्ने सम्बन्धमा बोर्डले छानबिन प्रक्रिया अगाडि बढाइसकेको बोर्डले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?