+
+
Shares

बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १८:५७

८ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको बंगेरी पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय डम्बर लामा र सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर मोक्तान रहेका छन् ।

बाराका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार मोटरसाइकलमा सवार लामाको घट्ना स्थलमै र मोक्तानलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

जितपुर सिमरा उपमहानगररपालिका–१६ स्थित पूर्वपशिचम राजमार्ग अन्तर्गत बंगरी पुल नजिकै ना ४ ख ८१६५ नम्बरको ट्रकले बा ५२ प ३९९० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई नियत्रणमा लिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?