+
+
Shares

नागरिकताको ७ वर्षे प्रावधानविरुद्ध जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १९:५९

८ असार, जनकपुरधाम । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको थियो ।

स्थानीय भानु चोकमा जम्मा भएका जनता समाजवादी पार्टी निकट महिला तथा युवाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाइसकेपछि आइपुगेको प्रहरीले पानी हालेर आगो निभाएको थियो ।

पु्त्ला जलाउनुअघि जनता समाजवादी पार्टीका महिलाहरुले भानु चोकस्थित सडकमै जाम गरेर प्रधानमन्त्रीविरुद्व नाराबाजी गरेका थिए ।

उनीहरुले ‘७ बर्षपछि दिइने अंगीकृत नागरिकता विधेयक खारेज गर, नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध अमर रहुन्, प्रधानमन्त्री ओली मुर्दावाद’ सहितका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?