
९ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्र यादवले अगीकृत नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी रुपमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको सहमतिको विरोध गरे ।
यो मधेस आन्दोलनका क्रममा तत्कालीन मधेसी मोर्चासँग भएको सहमति विपरीत भएको उनले बताए ।
अहिले पनि सहमतिको लागि समय रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘होइन भने आन्दोलन गर्न जाउ भनेको हामीले बुझ्छौं ।’
त्यस्तो बेला द्वन्द्वको स्थिति सिर्जना हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने उनले बताए ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि राज्य व्यवस्था समितिको निर्णयको विरोध गरे । यो निर्णय नसच्याए आन्दोलनको विकल्प नहुने उनले बताए ।
प्रतिक्रिया 4