Comments Add Comment

देश बेच्न पाइँदैन भन्दै माइतीघरमा चुरासहित प्रदर्शन (फोटो फिचर)

९ असार, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा दुई समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको छ ।

राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादीसहितका ११ दल र स्वतन्त्र नारीको नाममा एक समूहले प्रदर्शन गरेको हो ।

११ दलले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन र सभा गरे । प्रदर्शनका सहभागीले ‘एमसीसी किन राष्ट्रघाती ?’ भनी लेखिएको ब्यानर बोकेका थिए ।

स्वतन्त्र नारी नामको समूहले पनि विभिन्न नारा लेखिएको ब्यानर बोकेका थिए ।  उनीहरुले चुरासहित प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment