Comments Add Comment

विल्वाओलाई हराउँदै बार्सिलोना फेरि शीर्ष स्थानमा

१ असार काठमाडौं । एथ्लेटिक वल्वाओलाई पराजित गर्दै बार्सिलोना फेरि स्पानिस ला लिगामा शीर्ष स्थानमा फर्किएको छ । घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले विल्वाओलाई १-० ले पराजित गरेको हो ।

बार्सिलोनाको लागि ७१औं मिनेटमा इभान राकिटिकले गोल गरे ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोडेको छ ।  रियलको ३० खेलबाट ६५ अंक छ ।

यसैगरी लेभान्टेलाई आत्मघाती गोलको मद्दतमा १-० ले पराजित गर्दै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लेको छ ।

खेलको तेस्रो मिनेटमै लेभान्टा ब्रुनो फर्नान्नडेजको आतमघाती गोलमा एट्लेकोले अग्रता लिएको थियो र त्यही गोल निर्णायक बन्दा ३ अंक जोड्न सफल भएको हो ।

जितपछि एट्लेटिकोले ३१ खेलबाट ५५ अंक जोडेको छ । समान खेलबाट ५३ अंकसहित सेभिया चौथो स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment