Comments Add Comment

लेस्टरको अर्को बराबरी टोटनहम जितसहित सातौं स्थानमा

१० असार, काठमाडौं । लेस्टर सिटील  प्रिमियर लिगमा लगातार दोस्रो बराबरी खेलेको छ । गएराती भएको खेलमा तेस्रो स्थानको लेस्टर ब्राइटनसंग गोलरहित बराबरीमा रोकिएको हो । यसअघि लेस्टर वाटफोर्डसंग बराबरीमा रोकिएको थियो  ।

बराबरीपछि ३१ खेलबाट ५५अंक जोडेको लेस्टर चौथो स्थानको चेल्सीसंग अंकदूरी बढाउने मौका गुमायो । ३० खेल खेलेको चेल्सीको ५१ अंक छ । ब्राइटन ३१ खेलबाट ३३ अंकसहित १५औं स्थानमा छ ।

यस्ते प्रिमियर लिगकै अर्को खेलमा टोटनहमले वेष्टह्यामलाई पराजित गर्दै सातौं स्थानमा उक्लिएको छ । घरेलु मैदानमा टोटनहमले वेष्टह्यामलाई २-० ले पराजित गरेको हो ।

पहिलो हाफको अन्तिम समयमा हेउन मिन सनले गरेको गोल भिएआरले मान्यता नदिँदा टोटनहमले अग्रता लिने अवसर गुमाएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

६४औं मिनेटमा टोमस साउसेकले आत्मघाती गोल गरेपछि टोनहमले अग्रता लिएको थियो । ८२औं मिनेटमा ह्यारी केनले टोटनहमका लागि दोस्रो गोल गर्द जित पक्का गरे ।

जितपछि ३१ खेलबाट ४५ अंक जोडेको टोटनहम शेफिल्ड युनाइटेडलाई पछि पार्दै सातौं स्थानमा उक्लेको हो । वेष्टह्याम ३१ खेलबाट २७ अंकसहित १७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment