+
+

धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा एक जना भेटिए

सुरेश बिडारी सुरेश बिडारी
२०७७ असार १० गते १०:३४
अपराधस्थल ।

१० असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा एक जना घाइते भेटिएका छन् । स्थानीय अन्दाजी ४५ वर्षीय सरफुद्दिन मियाँ घाइते अवस्थामा भेटिएका हुन् ।

उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ । ब्लड प्रेसर, मुटुको धडकन ठिक रहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गाउँको दक्षिणतर्फ रहेको सातो माई मन्दिर नजिकै स्थानीय वीरबहादुर राउतको पोखरी छ ।

पोखरीको डिल छउको धान खेतमा छटपटाइरहेको अवस्थामा स्थानीयले देखेपछि बिहान साढे ५ बजे प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनलाई तत्काल उपचारका लागि नेसनल मेडिकल कलेज पठाएको थियो ।

उनी बिहान तीन बजे नै घरबाट निस्किएका थिए । प्रहरीले परिवारका सदस्य र छिमेकीसँग सोधपुछ शुरु गरेको छ ।

ज्यान मार्ने उद्योगले उनको घाँटीमा धारिलो हतियारले काटेको हुनसक्ने आशंका गरिएको छ । घाइते भेटिएको ठाउँमा एउटा मोबाइल पनि फेला परेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले घाइतेको उपचारसँगै प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको बताए ।

‘अस्पतालले घाँटीमा गहिरो घाउँ छ, शल्यक्रिया गर्नुपर्छ भनेको छ’, उनले भने, ‘अहिले परिवारका सदस्य र छरछिमेकसँग सोधपुछ गरिरहेका छौं । घाइतेको होस आएपछि उनको पनि बयान लिन्छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?