
१० असार, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले विकास भन्दा रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका छन् ।
बुधबार हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले अब पूर्वाधार विकास भन्दा पनि जीविकोपार्जन र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका हुन् ।
कोरोना महामारीका कारण धेरै मानिस सहर छाडेर गाउँतर्फ आएका भन्दै मुख्यमन्त्री पौडेलले स्थानीय तहले उनीहरुलाई रोजगारी दिनुपर्ने बताए । अब विकासको नारा होइन जीविकोपार्जनको नारालाई सबैले बुझ्न जरुरी रहेको भन्दै उनले कामको शैली परिवर्तन गर्न आग्रह गरे ।
नीति तथा कार्यक्रम सुन्दा मिठो लाग्ने तर कार्यान्वयनमा जाँदा कामै नहुने स्थिति अन्त्य गर्नुपर्ने पनि मुख्यमन्त्री पौडेलले बताए ।
हेटौंडा उपमहानगरपालिकाले बुधबार आगामी आर्थिक वर्षमा २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
उक्त कार्यक्रममा उपमहानगरपालिकाले मकवानपुरमा रहेर लामो समय पत्रकारिता गरिरहेका एकजना र विकास पत्रकारिता गर्ने ६ जनालाई पुरस्कृत गरेको छ ।
प्रतिक्रिया 4