+
+
Shares

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा सांसद पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १६:१३

१० असार, काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद परियारको तीन वटा औँलामा चोट लागेको छ । परियारले अनलाइनखबरसँग भनिन्, ‘प्रहरी भ्यानमा राखेर जबरजस्ती लाठी प्रहर गर्दा देव्रे हातको तीन औँला भाँचिएर वीर अस्पतालमा उपचार गराउँदैछु ।’

पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेका छन् । ज्ञापन पत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको छ ।

गत १० जेठमा अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज र उनका पँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंमा नियमित आन्दोलन र विरोधका कार्यक्रम गरिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?