+
+
Shares

‘कोरोना भाइरस जर्मनीको लागि अझै ठूलो खतरा’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १७:०५

१० असार, काठमाडौं । जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पेह्नले बुधबार कोरोना भाइरस (कोभिड-१९) को खतरा अझै नटरेको बताएका छन् । जर्मनीको पश्चिमी राज्य राइन-वेस्टफालियाका दुई नगरपालिकामा मंगलबार पुनः लकडाउन गरिएसँगै स्वास्थ्यमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।

उक्त प्रान्तमा रहेको एक मासु प्याकिङ कारखानामा कोरोना भाइरसका संक्रमित बढेका थिए । जर्मनीमा अपि्रलको अन्तिममा लकडाउन खुकुलो पार्न शुरु गरिएको थियो ।

जेन्स स्पेह्नले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोरोना भाइरस निकै छिटो फैलिन सक्ने पनि चेतावनी दिएका छन् । त्यसैले केही सातासम्म कोरोना भाइरसका संक्रमितको संख्या घटिरहेको भए पनि कोरोना भाइरस अझै पनि जर्मनीमा बाँकी रहेको उनको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?