+

दुई गोलको अग्रता जोगाउन नसक्दा लाजियो पराजित, युभेन्टसलाई फाइदा

२०७७ असार  ११ गते ८:१५ २०७७ असार ११ गते ८:१५
दुई गोलको अग्रता जोगाउन नसक्दा लाजियो पराजित, युभेन्टसलाई फाइदा

११ असार, काठमाडौं । इटालियन सिरी एअन्तर्गत गएराति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा दोस्रो स्थानको लाजियो पराजित भएको छ । एटलान्टाले घरेलु मैदानमा शानदार पुनरागमन गर्दै ३ गोल पर्काएपछि लाजियो ३-२ ले पराजित भएको हो । यसले शीर्ष स्थानको युभेन्ट्सलाई फाइदा पुगेको छ ।

खेलको पाँचौं मिनेटमा एटलान्टाका मार्टेन डे रुनले आत्मघाती गोल गर्दा लाजियोले अग्रता लिएको थियो । ११औं मिनेटमा सर्गेज लिनकोभिच साभिचले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । तर अग्रता कायम राख्न सकेन।

३८औं मिनेटमा एटलान्टाका रोविन गोसेन्सले घरेलु मैदानमा गोल गर्दै पहिलो हाफमा गोलअन्तर २-१ मा झारे । ६६औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि एटलान्टाले खेल २-२ को बराबरीमा पुर्‍यायो । ८०औं मिनेटमा जोस लुइस पालोमिनोले गोल गरेपछि एटलान्टाले पुनरागमन जित हात पारेको हो ।

 जितपछि २७ खेलबाट ५४ अंक जोडेको एटलान्टा चौथों स्थानमा छ । लाजियो भने ६२ अंकसहित दोस्रो स्थानमै छ । लाजियोको हारले शीर्ष स्थानको युभेन्ट्सलाई भने फाइदा पुगेको छ। समान ३१ खेलपछि युभेन्ट्सले ४ अंकको अग्रता बनाएको छ ।

यस्तै, तेस्रो स्थानको इन्टर ससुलोसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि इन्टरको ३१ खेलबाट ५८ अंक छ।

इटालियन सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय