+
+
Shares

चक्कु प्रहार गरी श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १४:३४

११ असार, काठमाडौं । टोखा नगरपालिका–३, बानियाँटारमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय कृष्णहरि बानियाँ छन् ।

गएराति १ बजे विवाद हुँदा उनले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरेको खुलेका प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको महाराजगञ्जका डीएसपी रोशन खड्काले अनलाइनखबरलाई बताए । प्रहरी स्रोतका अनुसार पाँच वर्षदेखि श्रीमान–श्रीमतीबीच राम्रो सम्बन्ध थिएन ।

अहिले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

घटनाबारे महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?