Comments Add Comment

युरोपमा संक्रमण फेरि बढ्न थालेकोमा डब्ल्यूएचओको चिन्ता

१२ असार, का७माडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध खुकुलो पारिएसँगै केही महिनापछि साप्ताहिक संक्रमितको संख्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डाक्टर हान्स हेनरी क्लूगले युरोपका ११ मुलुकमा अचानक संक्रमण बढेको बताएका छन् । जसमा अर्मानिया, स्वीडेन, माल्डोभा र थर्न म्यासिडोनियाजस्ता मुलुक छन् ।

क्लूगले कोरोना भाइरसको महामारी दोस्रोपटक फैलिन सक्ने चेतावनी आफूहरुले दिँदै आएकोमा अब उक्त चेतावनी वास्तविक बन्दै गएको आभाष भइरहेको बताए । उनै सबैलाई समयमा नै सचेत हुन आग्रह गरेका छन् । उनले समयमा नै सचेत नहुने हो भने सबै मुलुकको स्वास्थ्य व्यवस्था धरमराउने बताएका छन् ।

डबल्यूएचओको युरोपेली क्षेत्रको सूचीमा आउने ५४ मुलुकमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रसिमत हुनेको संख्या २६ लाख नाघिसकेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि एक लाख ९५ हजार नाघेको छ ।

डब्ल्यूएचओले मान्ने गरेको युरोपेली क्षेत्र निकै ठूलो छ । जसमा युरोपका साथै मध्यपूर्व र मध्य एसियाका पनि मुलुक पर्ने गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment