+
+
Shares

सरकार ! राजु सदाको मृत्यु कि हत्या ?

डा. अच्युत शाली घिमिरे डा. अच्युत शाली घिमिरे
२०७७ असार १२ गते १८:२०
डा. अच्युत शाली घिमिरे

बिहानैदेखि
यत्रतत्र भए
एउटा डरलाग्दो खबर
‘राजु सदाको मृत्यु’
त्यो पनि सरकारको
सुव्यवस्थित भनिएको
क्वारेन्टाइनमा,
पत्याउन गाह्रो भो
अफसोस
तर
बलात्कारको घटना
सेलाउन नपाउँदै
छताछुल्ल भएको
राजु सदाको
दर्दनाक यो उस्तै
क्वारेन्टिन लापरबाहीको
घटनाले
सरकारले थमाउने
नागरिकतालाई गिज्याइरह्यो!

धनुषावासी
एउटा किशोर,
भारतको चेन्नइमा
मजदुरी गरेर फर्किएको
मजदुर,
देश सम्झिएर
खुसी हुँदै
लड्दै पड्दै
आएको प्यारो छोरो,
तर कोरोनाले होइन हजुर
पखाला र
सरकारको लापरबाहीले
गयो ज्यान!

मान्छे सिध्याउने क्वारेन्टिन,
एम्बुलेन्स रुपी टिपर,
भेदभावको परिपूरक आइसोलेसन वार्ड,
रिपोर्ट नआउँदै कोरोनाको
मनोभाव पुष्टि गर्ने अस्पताल
अनि दश अर्बको ललिपपमा
कोरोना उकास्ने र निरोगी मार्ने
नीति लिएको सरकार
यी सबै सबै
योजनाकारहरु हुन्
राजु सदाको ‘हत्या’ का !

बिचरा !
छट्पटिएको परिवार
र तड्पिएको राजु सदा
जस्का एक-एक
दृश्यहरु
जहाँ मुटु काँप्छ
बलिन्द्रधारा छुट्छ
आत्मा नै चिच्याउछ
गुहार्छ
तर खै कस्ले सुन्यो र सुन्छ?
ति हजारौं राजु सदाहरु को आवाज
जो क्वारेन्टाइनमा
कोरोनाभन्दा बढी
सरकारको
भद्रगोल नीति र
ढिलासुस्तीबाट त्रसित छन्।

असार ९ मा
सरकारको चरम खेलबाडले
जीवन सिध्याएका
राजु सदाको ‘एजेण्डा’
असार १०को
सितल निवास रुपी
रात्री भोजमा उठ्यो कि उठेन होला?
सत्तामोहमा मस्त
नेकपाको असार १० कै
स्थायी कमिटी बैठकमा
उठ्यो कि उठेन होला?

खैर !
देशको माया पाउने
सपनाहरुले
लखेटी लखेटी
कोरोना कहरमा
मातृभूमिको
एक घुड्की अमृत पिउने
लालसामा आएको
प्रिय राजु सदा
अनि निसास्सिदै
देश खोज्दा खोज्दै
अँध्यारो
सरकारको छाँयाले
लिएको उस्को ज्यान।

कठै !
हाम्रा लाचार सहानुभूतिहरु!
ती मसीहाहरुका
नियममा प्रतिबद्ध
हाम्रा आशाहरु!
कठै !
हाम्रा वियोगका
आँसुरुपी
मुलायम हतियारहरु
जस्लाई समातेर अनि
स्वयं हाम्लाई तर्साएर
व्यापार गरिरह्यो
भ्रष्टाचार गरिरह्यो
आखिरीमा
एउटा जवान
छोराको योजनाबद्ध
ज्यान लिइछाड्यो।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?