Comments Add Comment

के फिल्मको डिजिटल रिलिजमा घाटा छैन ?

लकडाउनका कारण लामो समयदेखि हलहरू बन्द हुँदा बलिउड चलचित्र निर्माताहरू डिजिटल प्लेटफर्ममा आकर्षित भएका छन् । बलिउडमा नाम चलेका कलाकारको चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भइरहेको छ ।

डिजिटल प्लेटफर्ममा घाटा नहुने भएका कारण पनि निर्माता आकर्षित छन् । तर के निर्माताले यो प्लेटफर्म रोज्दा करोडौं‌‌ रुपैयाँ गुमाइरहेका त छैनन् ?

चलचित्र ‘गुलाबो सिताबो’ले डिजिटल प्लेटफर्मबाट करिब ३० करोड नाफा कमायो । ३० करोडमा बनेको यो चलचित्रलाई अमेजनले ६० करोड रुपैयाँमा किनेको थियो । यस्तै चलचित्रलाई सोनी इन्टरटेन्मेन्टले स्याटेलाइट राइट्स स्वरुप २० करोड दिएको छ । यसको अर्थ चलचित्रले करिब ५० करोड नाफा गरेको छ ।

हलमा रिलिज भएको भए, यो चलचित्र विश्वका ६५ वटा देशमा रिलिज हुन्थ्यो । तर डिजिटल माध्यमबाट रिलिज हुँदा दुई सयभन्दा बढी देशका दर्शकले चलचित्र हेर्न पाए । अर्को चलचित्र ‘गुञ्जन सक्सेना’लाई पनि ४० करोड फाइदा मिलेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

तर यसो भन्दै गर्दा बलिउडकर्मीले बक्स अफिसको शक्ति भने बिर्सनु हुँदैन । किनकि ३० करोडमा बनेको चलचित्र ‘उरी’ले २५० करोड कमाउँदा ६० करोडमा बनेको ‘कविर सिंह’ले २५० करोड कमाएको थियो ।

यसैले पनि दर्शकले चलचित्रलाई मन पराइदिएको खण्डमा डिजिटल प्लेटफर्ममा भन्दा धेरै करोड कमाइ निर्माताले हलबाट गर्न सक्छन् । डिजिटल प्लेटफर्मको कमाइ सब्सक्रिप्सनको आधारमा हुन्छ । यसैले यी प्लेटफर्ममा पैसा तिरेका दर्शकले बलिउडमा नयाँ चलचित्र हेर्छन् नै भन्ने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment