Comments Add Comment

असारे धान भित्र्याउने चटारो (फोटो फिचर)

१४ असार, तनहुँ । असारलाई मानो रोपेर मुरी उब्जाउने समय भनिन्छ । मध्य असारको गर्मीलाई सिमसिम पानीले प्रतिवाद गरिरहेको छ ।

धेरै ठाउँका किसान खेत रोप्ने तयारीमा रहेका बेला तनहुँको म्याग्दे गाउँपालिकाका किसानलाई भने चैते धान भित्र्याउने चटारो छ ।

असार सुरुदेखि नै लगातार पानी परिरहेका कारण खेत हिलो भएको छ । जति हिलो भए पनि र वर्षा नरोकिए पनि पाकेको धान भित्र्याउनै पर्‍यो ।

असारे धान भित्र्याएपछि बल्ल मंसिरमा पाक्ने धान रोप्न खेत खाली हुन्छ । त्यसैले यो बेला  किसानलाई काममा भ्याइनभ्याइ छ ।

विहानदेखि  खेतमा खटिने  किसान कोही धान काट्ने, कोही धान चुटेर थन्क्याउने र कोही खेत जोतेर मंसिरे धान रोप्ने तयारीमा जुटेका छन् ।

तस्वीर सौजन्य : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment