Comments Add Comment

दाङमा पनि देखियो सलह

सलह । फाइल तस्वीर

१५ असार, घोराही । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङसम्म पुगेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको बताए ।

स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर राखेका थिए । ती फट्याङ्ग्राका फोटा कृषि ज्ञान केन्द्र दाङको टोलीले नेपाल कषि अनुसन्धान परिषद (नार्क)मा पठाएको र नार्कले सलह किरा नै भएको पुष्टि गरेको धितालले बताए । ती सलह किराको समूह कपिलवस्तु हुँदै दाङसम्म आइपुगेको अनुमान गरिएको छ ।

तराई मधेसका जिल्लामा शनिबार दिउँसो एक्कासी देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडी जिल्लाहरुमा फैलिइसकेको छ । कृषि मन्त्रालयले भने नेपालमा प्रवेश गरेका सलहको बथान सानो भएकाले यसले खासै क्षति नपुर्याउने भन्दै नआत्तिन किसानहरुलाई आग्रह गरेको छ ।

हावा जता बहन्छ, सलह किराहरु पनि उडेर त्यतै जाने गर्दछन् । सोमबारबाट हावा पूर्वबाट पश्चिमतर्फ बहने भएकाले सलह किरा पनि पश्चिमका जिल्लातिर जान सक्ने पूर्वानुमान गरिएको छ ।

यो पनि पढ्नुहोस सलहको उडान : दुई दिनमा कुन-कुन जिल्लामा पुग्यो ? यो पनि पढ्नुहोस सरकारले कोरोनामा ढाँट्यो, सलहमा नढाँटोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment