+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सुर्खेतमा विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते ११:३४

१५ असार, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।

आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

खमारी खोला जलविद्युत आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् । डम्मर र नन्दा श्रीमान् श्रीमती हुन् । उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए ।

घाइते डम्मर पुलामीको अवस्था सामान्य रहेको र उनको बाबियाचौर अस्पतालमा उपचार भैरहेको डीएसपी घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?