Comments Add Comment

जब कुकुरले लाखौँको हिरा खाइदियो…

बहुमूल्य हिरा कसलाई पो मन नपर्ला र ? गोजी गरम नहुनेका लागि हिरा किन्ने कुरा सपनामात्र पनि हुन सक्दछ । जेनतेन खरिद गरेको हिरा कुकुरले हिरा खाइदियो भने के होला ?

छिमेकी मुलुक भारतमा हालै एउटा यस्तै घटना भएको छ । एकजना व्यक्तिले किनेको हिरा कुकुरले खाइदियो । हुनत कुकुरले हिरा खाइदिएका ती व्यक्ति कुनै सामान्य मानिस नभई हिरा कारोबारी नै थिए ।

भारतको पुनेमा यो घटना भएको हो । हिराको व्यापार गर्ने ती व्यक्तिसँग भएका हिराका दुईवटा टुक्रा अचानक कुकुरले खाइदियो । एउटा हिराको मूल्य डेढ लाख भारु थियो । तीन लाख भारुको हिरा कुकुरले खाइदिएपछि ती व्यापारीलाई ठूलो फसाद पर्‍यो ।

ती हिरा व्यापारीले आफ्नै घरमा पालेको ६ महिनाको लेब्राडोर जातको कुकुरले हिरा खाइदिएको हो । खेल्दै खेल्दै आएको कुकुरको छाउराले हिराको टुक्रा खाइदिएपछि घरका सबै मान्छे आत्तिए । उनले तत्कालै सो कुकुरलाई भेटेनरी अस्पताल पुर्‍याए । अस्पतालमा कुकुरको शल्यक्रिया गरियो । धन्न पशु शल्यचिकित्सकहरुले कुकुरको पेटबाट हिराका टुक्रा निकाल्न सफल भए ।

तर कुकुरको पेटमा केवल हिराका टुक्रामात्र थिएनन् । डाक्टरहरुले सो कुकुरको पेटबाट एउटा सुई, दुईवटा कोटका बटन, रबर, तार तथा धागोलगायतका चिजहरु पनि निकाले ।

हिराको चमक देखेर आकर्षित भई कुकुरले हिरा खाएको हुनसक्ने डाक्टरको अनुमान छ । शल्यक्रियापछि कुकुरको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment