Comments Add Comment

विराटनगरमा दुबईबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि 

१५ असार, विराटनगर । दुबईबाट काठमाडौं हुँदै विराटनगर आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर– १५ की २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमित युवती दुबईबाट काठमाडौं हुँदै ९ असारमा विराटनगर आएकी थिइन् । पीसीआर जाँचका लागि आइतबार स्वाब संकलन गरिएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा कोरोना जाँच गर्दा सोमबार उनको रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

सोमबार विराटनगरमा एकसहित प्रदेश १ मा सात जनामा कोरोना देखिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार खोटाङको दिक्तेलमा दुईमहिलासहित चार जना, उदयपुरको ताप्लीमा २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment