Comments Add Comment

साफ च्याम्पियनसिप २०२१ सम्मलाई स्थगित

१६ असार, काठमाडौं । यस वर्ष हुने भनिएको साफ च्याम्पियनसिप पुटबल अर्को वर्षसम्मका लागि स्थगित भएको छ । दक्षिण एसियाली फुटबल महासघ साफको सदस्य राष्ट्रहरुसँग सोमबार जुममा भएको मिटिङले यस्तो निर्णय गरेको हो ।

मिटिङमा साफलगायत विभिन्न उमेर समूहका प्रतियोगिताबारे पनि छलफल भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ को असरले गर्दा यस वर्ष साफ नहुने भएको हो ।

उमेर समूहको प्रतियोगिताबारे आगामी सेप्टेम्बरमा हुने समीक्षा बैठकसम्म स्थगित गरिएको एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment