१६ असार काठमाडौं । अष्ट्रेलिया र जिम्बाबेबीच आगामी अगष्टका लागि तय भएको एकदिवसीय क्रिकेट सिरिज स्थगित भएको छ । कोरोनाभाइरसको महामारीको कारण तीन खेलको सिरिज स्थगित भएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
जिम्बाबे क्रिकेटसँगको छलफलपछि सहमतिमै सिरिज स्थगित क्रिकेट अष्ट्रेलियाले गरिएको जनाएको छ ।
अष्ट्रेलियाले आगामी अगष्ट ९ देखि १५ सम्म घरेलु मैदानमा जिम्बाबेसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने तय भएको थियो ।
यस्तै अष्ट्रेलियाले क्रिकेटले जिम्बाबेसँगको छलफलपछि सिरिजको अर्को मिति निकाल्न प्रतिबद्ध भएको जनाएको छ ।
‘सिरिज स्थगित हुँदा हामी निराश छौँ । तर, क्रिकेट अष्ट्रेलिया र क्रिकेट जिम्बाबे खेलाडी, खेल पदाधिकारी, स्वयंसेवक र हाम्रो प्रशंसकको हितका लागि सहमत छ । यो सबैभन्दा व्यवहारिक र समझदार निर्णय हो ,’ अष्ट्रेलिया क्रिकेट प्रमुख कार्यकारी निक होक्लीले भनेका छन्, ‘हामी जिम्बावे क्रिकेटसँग पुनः वैकल्पिक मितिमा काम गर्न प्रतिबद्द छौँ ।’
जिम्बाबेका कार्यकारी निर्देशक गेभमोरो माकोनीले सिरिज अन्य समयमा गर्न तयार भएको बताए । ‘हामी अष्ट्रेलियाको सामना गर्न पाउँदा उत्साहित थियौं तर यस अवस्थालाई हेरेर यस भ्रमणलाई स्थगित गर्नु नै उपयुक्त विकल्प थियो,’ उनले भने ।
जिम्बाबेले २००३-०४ देखि अष्ट्रेलिया भ्रमण गरेको छैन । त्यतिबेला जिम्बाबेले अष्ट्रेलियासँग दुई टेष्ट खेलेको थियो । यस्तै अष्ट्रेलियाले भने पछिल्लो पटक सन् २०१८ मा टि-२० सिरिज खेल्न जिबाव्बे भ्रमण गरेको थियो ।
प्रतिक्रिया 4