Comments Add Comment

क्रिकेट संघमा छुम्बी र धर्मराज मनोनित

'क्रिकेट व्यवसायिकतामा जोड दिनेछु'

१६ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरी मनोनित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्यान सदस्यमा दुई जनाको नाम सिफारिस गरेको हो ।

क्यानका पूर्व चिफ अपेरिटिङ अफिसरसमेत रहेका छुम्बी फेरि क्यानको कार्यसमितितीमा सदस्यको रुपमा प्रवेश गरेका हुन् । उनीसँगै धर्मराज गिरीलाई राखेपले मंगलबार क्यान सदस्यमा मनोनित गरेको हो । राखेपले दुवै जनालाई पत्र समेत हस्तानतरण गरिसकेको छ ।

छुम्बीले अब आफूसँग भएको अनुभवलाई क्रिकेट व्यवसायिक बनाउन खर्च गर्ने बताए । ‘पहिला म म्यानेजमेन्ट लेभलमा काम गरेको थिएँ, राखेपबाट अहिले सदस्यको रुपमा मनोनित भएको छ । म संग यसअघि काम गरिसकेको ज्ञान पनि छ’ छुम्बीले भने, ‘अब त्यसलाई नेपाली क्रिकेट व्यवसायिक गर्न प्रयोग गर्नेछु । कर्पोरेट लेभलसंग सहकार्य गरेर नेपाली क्रिकेटलाई अगाडि बढाउने मेरो पहिलो प्राथमिकता रहनेछ ।’

उनले क्रिकेट संघको राम्रो कामलाई समर्थन गरेर अघि बढ्ने पनि बताए । ‘राम्रो कामको लागि समर्थन गर्ने र आफूसंग भएको राम्रो एजेन्डालाई कार्यान्वयन गर्न पहल गर्नमा प्राथमिकता रहनेछ’ छुम्बीले भने ।

उनले खेलाडीदेखि कोच अम्पयारलाई पनि प्राथमिकामा राख्न पहल गर्ने बताए ।

छुम्बीले नेपाली क्रिकेटमा व्यवसायिकतामै जोड दिनुपर्ने बताए । किनभने खेलेर मात्रै बाँच्न सकिने अवस्था छैन । खेल्ने वातावरण बनाउनुपर्छ ।

यस्तै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयसंग सहकार्य गरेर स्टेडियम भन्दा पनि सातै प्रदेशमा खेल्नयोग्य क्रिकेट मैदान बनाउन पहल गर्नुपर्ने छुम्बीले बताए ।

निजी क्षेत्रबाट सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल)को आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशकसमेत रहेका छुम्बीले क्यानमा पहिला संगै काम गरेका सहकर्मीहरु समेत रहेकोले काम गर्न सजिलो हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment