
१६ असार, जनकपुरधाम । सिराहामा नहरमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । मंगलबार सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका-३ बस्ने २३ वर्षीय मनोहर कुमार यादव छन् । सिराहास्थित सशस्त्र प्रहरी पोष्ट माडरमा कार्यरत उनी कसरी नहरमा पुगे भन्ने कुरा खुल्न नसकेको प्रहरीको भनाइ छ ।
घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको सिराहाका प्रहरी प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4