+
+
Shares

को-को छन् नेकपा एमालेको केन्द्रीय समितिमा ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते २०:०८

१७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ।

बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् ।

नेकपा एमाले दल दर्ता गर्न खोज्ने को-को हुन् ? केन्द्रीय समितिमा को-को छ भन्ने विवरण सहितको पत्र अनलाइनखबरले प्राप्त गरेको छ । १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका रहेछन् ।

दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् । उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो । तर उनी मोरङको विराटनगर महानगरपालिका–६ की भएको पाइएको छ ।

दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।

नयाँ पार्टी दर्ताका लागि निवदेन दिने सूचीमा रामेछाप गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् । त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् ।

प्रस्तावित नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रायः सबै युवायुवतीहरु छन् । तीमध्ये कतिपय पूर्वएमाले समर्थित छन् भने कोही राजनीतिक पृष्ठभूमिका छैनन् ।

नेकपाको जिम्मेवारीमा नरहेका युवायुवतीलाई  राखेर पार्टी दर्ताका लागि निवेदन दिइनुमा  एमालेको डोमेन सुरक्षित गर्ने राजनीतिक ध्येय लुकेको हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरूको  अनुमान छ

महासचिव मनिष कुमार उपाध्यायका अनुसार पार्टी अध्यक्ष सन्ध्या तिवारीलाई अहिले सार्वजनिक नगर्ने पार्टीले नीति लिएको छ । पार्टी दर्ताको प्रमाणपत्र पाइसकेपछि बल्ल अध्यक्ष सार्वजनिक हुने महासचिव उपाध्यायले अनलाइनखबरलाई बताए ।

निर्वाचन आयोगमा नेकपा दर्ता भएको एक वर्ष पुगिसकेकाले अब नेकपा एमालेलाई दर्ता हुनबाट कानूनतः रोक्न नसकिने आयोगका कर्मचारीहरु बताउँछन् ।

हाल नेकपाको जिम्मेवारीमै नरहेका युवायुवतीलाई केन्द्रीय समितिमा राखेर मदन भण्डारीको जन्मजयन्तीकै दिनमा पार्टी दर्ताका लागि निवेदन दिइनुले भोलि नेकपामा विभाजन आइहाले पार्टीको डोमेन सुरक्षित गर्ने राजनीतिक ध्येय  लुकेको हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरुको प्रारम्भिक विश्लेषण छ ।

आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आयोगमा माओवादी केन्द्र दर्ता भइसकेको छ, हामीले गोपाल किरातीलाई रोक्न सकेनौं ।

हेर्नुहोस् केन्द्रीय सदस्यको सूची

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?