+
+
Shares

दैलेखको खानेपानी कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १६:५३

१७ असार, काठमाडौं । खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब-इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई दुई लाख ४१ हजार १६ रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

निमित्त प्रमुख मल्ललाई कार्यालय परिसरबाट, सब-इन्जिनियर चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिइएको र श्रेष्ठ र पाण्डेलाई अनुसन्धानका क्रममा मंगलबार नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।

उनीहरुले भगवतीमाई गाउँपालिका-३ सानटडा खेला तटबन्ध निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको दाबी छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?