+
+

काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १६:४५

१७ असार, काठमाडौं । काभ्रेको धुलिखेलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ रविओपी बस्ने मोटरसाइकलमा सवार वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला रहेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार मृतक दुवै जना दाजुभाइ हुन् ।

एसपी पौडेलले भने, ‘पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । घाइते दाजुभाइलाई उद्धार गरी शीरमेमारियल अस्पताल लगिएको भएपनि उनीहरुको उपचारको क्रममा मृत्यु भएको छ ।’

ठक्कर दिने टिपर चालक भने टिपर छाडेर भागेको र उनको खोजीकार्य भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?