+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक पत्रकारले जलाए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते २०:०२

१७ असार, जनकपुरधाम । प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका केही पत्रकारले बुधबार जलाएका छन् ।

पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारले स्थानीय जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् ।

‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार वीपी साहले भने, ‘यो विधेयक राणा शसनकालमा भन्दा पनि निरंकुश रहेकाले हामीले जलाएका हौं ।’

उनका अनुसार पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित हुँदैन ।

सञ्चारसम्बन्धी विधेयकमा थुप्रै त्रुटि रहेकाले नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकारहरुले बताएका छन् ।

गत वर्ष प्रदेश सभामा यो विधेयक पेश भएदेखि नै विवादित रहँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?