Comments Add Comment

प्रचण्डसँग छलफल गर्न ओली निकटका नेताहरू खुमलटारमा

१८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ ।

छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् ।

यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए । सोहीअनुसार प्रचण्डले बिहीबार बिहान ओली निकटका नेताहरुसँग पनि छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment