+
+
Shares

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते ८:४३

१८ असार, गौर । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ गौर–२ महादेवपट्टिबाट १० गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पछिल्लो समय भारतबाट लाखौं रुपैया दैनिक रुपमा नेपाल भित्रिरहेको छ ।

लकडाउनका कारण भारतीय व्यापारीहरुसँग रहेको लाखौं नेपाली रुपैयाँ रौतहटको विभिन्न नाकाहरुबाट अवैधरुपमा भित्राउने गरिएको छ । भारतिय व्यापारीसँग रहेको रकम रौतहटको इशनाथ, बौधिमाइ र गौर नाकाबाट नेपाल भित्रिने गरेको छ ।

प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?