Comments Add Comment

भारतमा कोरोना संक्रमित ६ लाख नाघे

१८ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख चार हजार ६४१ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १७ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४३४ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म एक लाख ८० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने आठ हजार ५३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म ९४ हजारभन्दा धेरै संक्रमित फेला पर्दा अहिलेसम्म एक हजार २६४ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि ८९ हजारभन्दा धेरै संक्रमित फेला पर्दा दुई हजार ८०३ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म २४ हजारभन्दा बढी संक्रमित फेला पर्दा ७१८ जनाको मृत्यु भइसकेको छ । त्स्तै पश्चिम बंगालमा अहिलेसम्म १९ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ६८३ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म १० हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख ५९ हजार संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment