Comments Add Comment

नेपाली सेनाका जर्नेलहरूको सरुवा, इन्टेलिजेन्सका महानिर्देशक फेरिए

१८ असार, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले जर्नेलहरुको काज सरुवा गरेको छ । सेनाको गुप्तचरी निकाय सैनिक इन्टलिजेन्सका महानिर्देशक पनि फेरिएका छन् ।

इन्टलिजेन्सको जिम्मेवारी जंगीअड्डाले उपरथी सरुवा सरोज प्रताप राणालाई दिएको छ । हाल इन्टलिजेन्समा रहेका झंकर कडायतले १५ साउनमा अवकाश पाउँदैछन् ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेको पनि सरुवा भएको छ । उनलाई मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ ।

पाण्डे कडायतको अवकाशपछि उपरथीमा बढुवा हुने लाइनमा छन् ।

निर्देशनालयका नयाँ प्रमुखमा सन्तोष वल्लव पौडेल आउँदैछन् । उनी १५ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन् ।

पौडेलको ठाउँमा सहायक रथी अरुण पाल पठाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment